
नोबेलका सन्चालक डा.सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ । शर्माले भने, ‘सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ ।
शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २०० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिए ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिरहेको छ ।
शर्माले भने, ‘आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्