अछाममा म्यादी प्रहरीका लागि २३१६ जनाको आवेदन दर्ता • Image Khabar Image Khabar


अछाममा म्यादी प्रहरीका लागि २३१६ जनाको आवेदन दर्ता


Imagekhabar
३० आश्विन २०७४, सोमबार २०:४८

अछाममा म्यादी प्रहरीका लागि २३१६ जनाको आवेदन दर्ता

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरीको भर्ना खोलिएपछि सो संख्यामा आवेदन परेको हो ।

५५ दिने जागिरका लागि यही असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएको थियो ।

सोमबार अन्तिम दिनसम्म अछाममा २ हजार ३१६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

म्यादी प्रहरीका लागि १ हजार ९३२ जना पुरुष र ३८४ जना महिलाहरुले आवेदन दर्ता गराएको अछामका डीएसपी दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्