Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ


0
Shares

काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी हो । भन्सार विभागको अभिलेखमा भने अलग्गै तथ्यांक छ ।

विभागका अनुसार गत वर्षको पहिलो तीन महिनामा १८.८७ प्रतिशतले व्यापार घाटा भएको थियो भने यस वर्ष सोही अवधिमा ४५.९७ प्रतिशतले व्यापार घाटा बढेको छ ।

प्रधानमन्त्रीको वक्तव्यमा धेरै तथ्यांक आफू अनुकुल थिए । 

विकासनिर्माण लक्षित पुँजीगत खर्चको तथ्यांक पनि मिल्दैन । प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेअनुसार चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत खर्चको बृद्धिदर २५.३३ प्रतिशत रहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत पुस १ गते (५ महिनामा) १२.५२ प्रतिशतमात्रै खर्च भएको छ । –कान्तिपुर दैनिकबाट