
आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी घाइते भएको बताएका छन् । उनका अनुसार विस्फोटक पदार्थले भरिएको कार तालिम केन्द्रमा लगेर विस्फोट गराएपछि अन्य बन्दुकधारीले त्यहाँ थप आक्रमण गरेका थिए ।
गम्भीर अवस्थाका घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएपनि मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
गार्देजस्थित स्वास्थ्य निर्देशक हेदायातुल्ला हमिदीले विस्फोटमा मृतक तथा घाइतेहरु अधिकांश महिला, बिद्यार्थी र प्रहरी जवान रहेको बताए ।
कम्तिमा छ जना आक्रमणकारी पनि मारिएको सरकारी दाबी छ । राजधानी काबुलमा तीन टन विस्फोटक पदार्थले भरिएको ट्रक बरामद गरिएको दोस्रो दिन नै गार्देजमा आक्रमण भएको हो । आक्रमणको जिम्मा तालिावानले लिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्