Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


तीन करोड बढीको आयुर्वेदिक औषधि बिक्री


0
Shares

समितिको तेइसौं वार्षिकोत्सव एवं राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा समितिले गत आर्थिक वर्षमा रु तीन करोड ४३ लाख १४ हजार १४९ मूल्य बराबरको औषधि बिक्री गरेको जानकारी दिइएको हो ।

रु पाँच करोडको बिक्री लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिmक्री गर्न नसकेको जनाएको छ ।

समितिका प्रबन्ध निर्देशक डा.राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्यविधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुणस्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताए ।

औषधि आपूर्ति, उत्पादन व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्दै आगामी चालु आवमा रु पाँच करोडको औषधि बिक्री गर्ने लक्ष्य समितिले लिएको छ । रासस

Skip This