राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार  • Image Khabar Image Khabar


राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार 


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार २०:५२

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार 

महिला अधिकार कार्यकर्ताले ‘खलनायक’को उपनाम दिएको ७४ वर्षीय ‘पोर्न किङ’ फ्लिन्टले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका हुन् ।

उनले गत आइतबार ‘द वाशिंगटन पोष्ट’को पहिलो पुरा पृष्ठमा राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन यथेष्ट प्रमाण दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने विज्ञापन गरेका थिए ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार 

उनले सन्चारमाध्यममा ठूला विज्ञापन नै दिएर नेताहरुलाई प्रभावमा पार्ने गर्दछन् ।

उनले यसअघि सन् १९७० मै अमेरिकी कांग्रेसको कुनैपनि सदस्यको ‘सेक्स स्क्यान्डल’बारे सुचना र प्रमाण दिनेलाई एकलाख अमेरिकी डलर दिने घोषणा गरेका थिए ।

४० वर्षअघि आफ्ना विरोधीले हानेको गोली खुट्टामा लागेर मुख्य हड्डी भाँचियो । त्यसपछिको जिन्दगी उनले ‘ह्विलचेयर’मै बिताइरहेका छन् । व्यवसायबाट नाम र दाम कमाएर राजनीतिमा आउन चाहेका फ्लिन्ट आफ्नै अतीतको कारण त्यो सम्भव हुन नसकेको स्वीर्काछन् ।

अमेरिकामा ‘पोर्न’ उद्योगलाई कानुनी मान्यता दिलाउन अदालती लडाँईमा पैसा र लामो समय खर्च गरेका उनी सधैँ विवादास्पद भनाइ र कामबाट चर्चामा आउने गर्दछन् ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन प्रमाण जुटाउनेलाई एक करोड डलर पुरस्कार 

सन् १९७० को दशकमा आफ्नै एक पत्रिका ‘हस्लर’सन्चालन गरेका उनले ‘बोल्ड मोडलिङ’का कारण एकदिनमा ३० लाख प्रतिसम्म बिकाएका थिए । यहि पत्रिकालाई आधार बनाएर उनले अमेरिकामा ‘पोर्नोग्राफि’लाई कानुनी मान्यता दिलाएका थिए ।

‘न्युडिस्ट क्लब, क्यासिनो, घरजग्गा, ब्रान्ड म्यानेजमेन्ट कम्पनि, संगीत उद्योग, भिडियो गेम्स्को कम्पनि आदीमा लगानी गरेका उनी अमेरिकामा सफल व्यवसायी मानिन्छन् ।

अमेरिकी प्रहरीबाट ‘यौन दुव्र्यव्यहार’को शिकार भएपछि यौनलाई नै आफ्नो मुख्य व्यवसाय बनाएको उनी बताउँछन् । उनले सुरुमा १८ सय डलरबाट आफ्नो व्यवसाय सुरु गरेका थिए ।

अहिले उनले पहिलेको ‘न्युडिस्ट क्लब’लाई ‘हस्लर क्लब’ नाम दिएर चलाइरहेका छन् । जहाँ नांगो महिलासँग नृत्य गर्न पाइन्छ ।

त्यस्तै, नांगो महिलाको दृश्य छाप्न सुरुमा ‘हस्लर न्युजलेटर’ चलाए । अहिले त्यहि पत्रिका ‘सेक्स म्यागजीन’को रुपमा अमेरिकामा छापिने गर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्