२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


एउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डा उत्पादन


0
Shares

वरिपरि पहाड तथा जंगलले घेरिएको भूभागबीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याललगायत समूहले युवालाई रोजगारी दिएका छन् ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट अर्याल राजनीतिमा पनि सक्रिय छन् । गाउँमा करोड रुपैयाँ लगानी गरेर उनी जिल्लामा हालसम्मकै ठूलो उद्योग बनाउन सफल भएका छन् ।

भीरकोट नगरपालिका खिलुङ कालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउँमा स्थापना गरिएको मुलुककै अत्याधुनिक ‘लेयर्स कुखुरा फार्म’ चार वर्षदेखि सञ्चालनमा ल्याइएको छ ।

जर्मनी प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित उक्त फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ ।

पूर्ण स्वचालित उक्त ब्याट्री केज कुखुरा फार्मबाट अन्डा उत्पादन सुरु भइसकेको छ । जर्मनीको आधुनिक प्रविधिद्वारा सञ्चालित फार्ममा लक्ष्यअनुरुप अन्डा उत्पादन सुरु भएको छ ।

मुलुककै पहिलो स्वचालित एग्रो फार्मबाट हाल दैनिक एक लाख ४० हजारभन्दा बढी अन्डा उत्पादन हुने गर्दछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट