१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुरक्षा परिषद्को बैठक निर्वाचनको सुरक्षामा केन्द्रित


0
Shares

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षामा केन्द्रित रहेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिए ।

उनका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको सुरक्षा विधिलाई अबको चुनावमा पनि प्रयोग गरिने भएको छ ।

बैठकमा देशभरको सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति रहेको थियो । रासस