बुधबार सेयर बजार सुधारियो • Image Khabar Image Khabar


बुधबार सेयर बजार सुधारियो


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १९:३८

बुधबार सेयर बजार सुधारियो

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर १५ सय ६८ पुग्यो ।

यसदिन कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च ९७ अंकको सुधार आयो । विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले बढे । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १४५ कम्पनीका ११ लाख ११ हजार कित्ता सेयर ४३ करोड २५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्