
काठमाडौं । रोमान्टिक र दुःख–बेदना मिसिएको शब्द संयोजन रहेको गायक रबिन महर्जनको ‘सायद तिम्रो भाग्यमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
इमेज खबर डटकमको युट्यूब च्यानलबाट सार्वजनिक भएको भिडियोमा रन्जित पौडेल, प्रजापति सुरज, निरुता स्याङत्यान र कृति खत्रीले रोमान्चक अभिनय गरेका छन् ।
संजिव वाइबा र जीवन श्रेष्ठले निर्देशन गरेको भिडियोलाई जीवन श्रेष्ठले खिचेका हुन भने तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन् ।
गायक रविन महर्जनकै शब्द रहेको गीतको संगीत भने किरण श्रेष्ठले भरेका हुन् ।
गीतको शब्द र भिडियोले साँचो मायालाई लत्याएर जानेहरुका लागि सचेत गराउने प्रयास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्