अलैंचीबगानमै किवीखेती • Image Khabar Image Khabar


अलैंचीबगानमै किवीखेती


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार ११:२५

अलैंचीबगानमै किवीखेती

किवीको माग बजारमा उच्च रहेको र मूल्य पनि राम्रै रहेकाले किसानले अलैंचीबगानमै भएपनि किवीखेती सुरु गरेको ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी मनरानी लिम्बूले बताइन् ।

अलैंचीबाट राम्रो आम्दानी हुने आशामा पहिले सबै खेतबारीमा अलैंची लगाएको र अहिले भाउ घट्दै जाँदा अरु बाली पनि लगाउने स्थान नभएकाले बगानमा नै किवीखेती गरेको उनको भनाइ छ ।

किवी अहिले स्थानीय बजारमा प्रतिकेजी ४०० रुपैयाँमा बिक्री भइरहेको छ ।

जापानको रैथाने मानिने यो फललाई ‘किवी’ चराले चीन, नेपाल र न्यूजिल्यान्ड पुर्‍याएको मानिन्छ ।

किवीलाई शक्तिबद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्रान्डी, जेली, वियर, जुस, जामलगायत बनाउन सकिन्छ ।

समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको उचाइमा यो फल फल्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्