
जोहानेसवर्गमा सार्वजनिक गरिएको पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्री समावेश गरिएका छन् । बिरामी हुनुअघि मण्डेलाले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए ।
उनले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका उपन्यासकार मण्ड्ला लङ्गेलाले पूरा गरेका हुन् । मण्डेलाले बढ्दो उमेर र स्वास्थ्यका कारणले पुस्तक पूरा गर्न सकेका थिएनन् ।
उनको आत्मवृत्तान्त विश्वभर १ करोड ४० लाखप्रति बिकेको थियो भने पछि त्यसलाई चलचित्रमा पनि उतारिएको थियो ।
दक्षिण अफ्रिकामा अल्पसंख्यक गोरा जातीको शासनविरुद्ध संघर्ष गरेका मण्डेलाले २७ वर्ष जेल जीवन बिताएका थिए । उनी सन् १९९४ मा मुलुकको पहिलो निर्वाचित राष्ट्रपति बनेका थिए ।
मण्डेलाको सन् २०१३ मा निधन भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्