
स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया कामना गुरुङलाई मरणासन्न बनाएका थिए ।
झण्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्किएकी छन् ।
२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् ।
२० वर्ष यताको सम्बन्धविच्छेदका लागि पतिसँग कुरा गर्छु भनेपछि कामनामाथि विकासले आक्रमण गरेका थिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्