२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


व्यावसायिक बंगुरपालन फस्टाउँदै, पशु सेवा कार्यालयबाट उन्नत जातका पाठापाठी उपलब्ध


0
Shares

व्यावसायिक बंगुरपालनका लागि जिल्ला पशु सेवा कार्यालय सिन्धुलीलगायत विभिन्न संघ–सस्ंथाले किसानलाई तालिम र सिप प्रदान गरेपछि यसतर्फ कृषक आकर्षित भएका हुन् । कृषकले कृषि सहकारी संस्था र निजी फर्मसमेत स्थापना गरी व्यावसायिक बंगुरपालन गर्न थालेका छन् ।

विगतमा परम्परागत रुपमा सुँगुर र बंगुरपालन गर्दै किसानलाई जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले उन्नत जातका बंगुरका पाठापाठी उपलब्ध गराएको छ । त्यसैगरी खोर सुधार, जैविक सुरक्षा, दानापानी लगायतका सुधारका कार्यक्रम सञ्चालन गरिएपछि बंगुरपालन फार्महरुमा परिवर्तन आई बंगुरको उत्पादनसमेत बढेको छ ।

कमलामाई नगरपालिकासहित विभिन्न गाउँपालिकामा स्थापना भएका कृषि सहकारी संस्था र निजी फार्म प्रत्येकले ६० वटासम्म बंगुर पालन गर्दै आएका छन् ।

सिन्धुलीमा उत्पादन गरिएका बंगुरका पाठापाठी मकवानपुर, कास्की, चितवनलगायतका जिल्लामा बिक्री वितरण हुने गरेका छन् । मासुका लागि पालिएका बंगुरहरु पनि काठमाडौं, पोखरालगायतका शहरमा बिक्री गर्न पठाइने गरेको छ ।