२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्लाष्टिक शोरुममा आगलागी, लाखौंको क्षति


0
Shares

बिहीबार साँझ करिव साढे सात बजेतिर रामनाथ भट्टराईको प्लाष्टिक शोरुम तथा गोदाममा आगलागी भएको हो । आगलागीले प्लाष्टिकका भाँडाकुँडा लगायत सम्पुर्ण समान पुर्ण रुपमा जलेर नष्ट भई घरमा समेत क्षति भएको छ ।

आगो नियन्त्रयमा लिनका लागि धनगढी उपमहानगरपालिकाका दुईवटै दमकल र अत्तरिया नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । करिब डेढ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको सहयोगमा आगो निभाईएको हो ।

आगलागीबाट क्षतिग्रस्त भट्टराई प्लाष्टिक शोरुम रहेकै घरमा रहेको बिराट डिजिटल फोटो स्टुडियोमा पनि क्षति भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड लगायत घटनास्थल पुगेर आगो निभाउने प्रयासमा सहभागी भएका थिए ।

क्षतिको यकिन विवरण संकलन गरेर पीडितलाई राहत वितरण गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।