व्यावसायिक फूल खेतीबाट मालामाल (भिडियो) • Image Khabar Image Khabar


व्यावसायिक फूल खेतीबाट मालामाल (भिडियो)


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार १२:१३

व्यावसायिक फूल खेतीबाट मालामाल (भिडियो)

तर प्राविधिक ज्ञानको कमी, विभिन्न रोग किराको प्रकोपलगायत समस्याका कारण किसान मारमा पर्ने गरेका छन् ।

तिहारमा ब्यक्तिगत प्रयोजनका लागि मात्र लगाईने फूल खेतीले धनकुटामा एक दशक यता ब्यावसायिक रुप लिएको छ । धनकुटाको धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिको साँघुरीगढी, चौबिसे गाँउपालिकाका विभिन्न स्थानमा फूलको ब्यवसायिक खेती हुने गरेको छ ।

सुन्तला तथा सब्जी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका कृषकले तिहारलाई लक्षित गरि गर्ने फूल खेती भने तिहारको खर्च जुटाउने मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ । अन्य बालीमा भन्दा मेहनत कम पर्ने र सिजनमा गतिलो आम्दानी हुने भएकाले फूल खेतीतर्फ आकर्षित भएको स्थानीय कृषक कृष बहादुर राई बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार धनकुटामा करिब दुई सय पचास परिवारले चार हेक्टर क्षेत्रफलमा ब्यवसायिक फूलको खेती गर्ने गरेका छन् ।

एक परिवारले बार्षिक २० हजार देखि दुईलाख रुपैयाँसम्मको फूल बिक्री गर्ने गरेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्