
बसन्तपुरको कुमारी घरबाट शुरु भएको र्याली बिभिन्न ठाउँको परिक्रमापछि फेरि बसन्तपुरमै पुगेर समापन भएको थियो ।
नेपाल सम्वत न्हुँदया राष्ट्रिय समारोह समिति ११३८ ले आयोजना गरेको र्यालीका सहभागीले नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा नेपाल दिवसको रुपमा मनाउन माग गरेका थिए ।
६२ बर्षअघि नेपाल सम्वत नेपालको मौलिक सम्वत भनेर संयुक्त राष्ट्र संघमा दर्ता गरेर सदस्यता प्राप्त पाएपछि यस दिनलाई नेपाल दिवसको रुपमा मनाउने गरिएको छ ।
र्यालीमा परम्परागत भेषभुषा, साँस्कृतिक बाजागाजासहित बिभिन्न संघ संस्थाको सहभागिता थियो ।
नेपाल संवत ११३८ कै अवसरमा पोखरामा पनि नेवा खलः कास्कीले भिन्तुना र्याली निकाल्यो । दिपावली अन्तर्गत नेवारी समुदायमा प्रचलित म्ह पूजाको दिनबाट नयाँ बर्ष प्रारम्भ हुने भएकाले हरेक बर्षजस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्याली निकालिएको हो ।
नेवाःखलको आयोजनामा भएको र्यालीमा विभिन्न जातजातिका झाँकीसहित पोखरा नगर परिक्रमा गरिएको थियो । पोखराको सभागृहचोकबाट शुरु भई पोखराका मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर सभामा परिणत भएको थियो ।
भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरेका थिए ।
नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् ।
सरकारले नेपाल सम्बतका प्रबद्धर्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्