
स्थानीयबासीले गाउँमै सहयोग भित्र्याएर पुनर्निर्माणसँगै होमस्टे थालेका हुन् ।
भूकम्पले भत्काएका राईनासकोटका घरहरुमध्ये होमस्टे सञ्चालनका लागि १४ घरमा आधुनिक तवरबाट पुनर्निर्माण गरिएको छ । निर्माण भएकामध्ये ९ घरमा होमस्टे सुरु गर्ने तयारी गरिएको छ ।
अमेरिकी नागरिक नतसा बाजनियाकको सहयोगमा घरहरु पुनर्निर्माण गरिएपछि होमस्टे अवधारणा अघि बढाइएको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलीयाले बताए । ओलीयाले राइनासमा भत्किएका घर बनाउनुको साथै विस्थापित हुन लागेको गाउँ जोगाएको बताए ।
राइनसकोटकी दिलमाया गुरुङ पर्यटकलाई बस्न, खान र दृश्यावलोकनका लागि राम्रो प्रबन्ध मिलाइएको बताउँछिन् ।
राईनासकोटमा पुननिर्माणसँगै वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भईरहेको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्