१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


स्थापनाको ८४ वर्षपछि बल्ल अस्पतालमा आधुनिक एक्सरे मेसिन ल्याइदैं


0
Shares

धनकुटा नगरपालिकाले बजेट निकासा गरेसँगै मेसिन खरिद प्रक्रिया अगाडि बढेको हो । नगरपालिकाले मेसिन किन्न २५ लाख रुपैयाँ छुट्याएको धनकुटा नगरपालिकाका प्रवक्ता जमसेर राईले जानकारी दिए ।

मेसिन ल्याएपछि सबै प्रकारको एक्सरे जिल्ला अस्पतालमै हुने र भिडियो एक्सरे गर्न तराई झर्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलले जानकारी दिए ।

यसअघि अस्पतालमा रहेको मेसिनले गर्भवती महिलाको मात्र एक्सरे हुने गरेको थियो ।