रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (भिडियो) • Image Khabar Image Khabar


रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (भिडियो)


Imagekhabar
४ कार्तिक २०७४, शनिबार १४:५०

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (भिडियो)

वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहानैदेखि भीड लागेको हो ।

बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाइदिने चलन छ ।

त्यसैगरी, टीका थाप्न पुगेका दाजुभाइले टीका लगाइसकेपछि दक्षिणा दिए ।

उनीहरुले टीका लगाइसकेपछि एक–आपसमा सुख, शान्ति र दीर्घायुको कामना पनि गरे ।

तिहारको भाइटीकामा वर्षको एक दिनमात्र खुल्ने भएकाले बालगोपालेश्वर मन्दिरको दर्शन गर्नकै लागि पनि सर्वसाधारण पुग्ने गरेका छन् ।

तर, दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरको अझै पुनःनिर्माण नगर्दा दर्शनका लागि असुविधा भएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्