
को१२प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक बेलवारी–१० का २२ वर्षीय युवराज शाह घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्