
दमौलीबाट पोखरा जाँदै गरेको ग१२प २०२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२च १५३९ नम्बरको जिप ठोक्किँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन नखुलेका ती मोटरसाइकल चालकको दमौली अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्