
सर्वत्र आलोचना भएपछि मुगाबेको नियुक्तिसम्बन्धि निर्णयमा पुनर्विचार गरिने डब्लूएचओका प्रमुख डा. टेड्रोस आधानोम घेब्रेयेसुले बताएका छन् ।
सार्वजनिक स्वास्थ्यप्रति मुगाबेको प्रतिवद्धताको प्रशंसा गर्दै डब्लूएचओ प्रमुख घेब्रेयेसुले सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेका थिए । तर आलोचकहरुले भने ३० वर्षे शासनमा मुगाबेले गरेका अत्याचारका अघिल्तिर स्वास्थ्य क्षेत्रमा गरेको सुधारको कुनै अर्थ नरहने भन्दै आलोचना गरेका छन् ।
सधैं विदेशका महँगा अस्पतालमा आफ्नो उपचार गर्ने ९३ वर्षीय राष्ट्रपति मुगाबेले कसरी स्वास्थ्य क्षेत्र सुधारमा प्रतिवद्धता जनाए भन्दै आलोचकहरुले खरो टिप्पणी गरेका छन् ।
बेलायतले त मुगाबेले गरेको मानवअधिकार उल्लंघनलाई ख्याल नै नगरी सद्भावना दूत नियुक्त गर्ने डब्लूएचओको निर्णयले उसका राम्रा कामहरुलाई नै छायाँमा पारेको प्रतिक्रिया दिएको छ । अमेरिका, क्यानडालगायतका देशले पनि यस निर्णयको आलोचना गरेका छन् ।
टेड्रोस डब्लूएचओको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्