१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


आँधीपीडितको सहयोगमा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी


0
Shares

रात्रिकालीन सांस्कृतिक कार्यक्रम (सन्सर्ट)मा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा सहभागी भएका हुन् ।

कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थित भएनन् । तर, उनले कार्यक्रमका लागि पठाएको भिडियो सन्देशमा तुफानबाट पीडितहरुलाई सहयोगका लागि देखाएको सक्रियताप्रति पूर्वराष्ट्रपतिहरुलाई धन्यवाद दिएका छन् ।

अमेरिकी राज्य टेक्सासको होस्टनदेखि झन्डै १४० किलोमिटर उत्तरपश्चिमी क्षेत्रमा रहेको ए एन्ड एम युनिभर्सिटीमा ‘एक अमेरिकी आग्रह’ नामक कार्यक्रम शनिबार राति आयोजना गरिएको थियो ।

गत अगस्त २५ मा टेक्सास गल्फ कोस्टमा आयोजित आँधीबाट प्रभावितहरुको सहयोगका लागि कोष बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

सो आँधीमा परी ८० भन्दा धेरै जनाको मृत्यु भएको थियो । साथै, त्यसबाट निकै ठूलो जनधनको क्षति हुन पुगेको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा