
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका तर्फबाट भूमि त्रिपाठी, नेपाली कांग्रेसका तर्फबाट विश्व अर्याल र नयाँ शक्ति पार्टी नेपालबाट राजु नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’मा एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, कांग्रेसबाट मधुकुमार श्रेष्ठ र नयाँ शक्ति पार्टीबाट नकुल थापा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘ख’मा कांग्रेसका तर्फबाट प्रभातकिरण सुवेदी, माओवादी केन्द्रका तर्फबाट शालिकग्राम जमरकट्टेल र नयाँ शक्तिबाट सन्तोष बराकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट खेम लोहनी, कांग्रेसका तर्फबाट दिलमान पाख्रिन र नयाँ शक्ति पार्टीबाट राजेन्द्र केसी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’मा एमालेका तर्फबाट डा. रामकुमार अधिकारी, कांग्रेसका तर्फबाट रमेश धमला र नयाँ शक्ति पार्टीबाट नन्द काप्री, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘ख’माओवादी केन्द्रबाट जगत सिंखडा, राप्रपाबाट डम्बरबहादुर तामाङ र नयाँ शक्ति पार्टीबाट विष्णु सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङमा वाम गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्र, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नयाँ शक्ति पार्टीलगायतले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
उम्मेदवारहरु प्रस्तावक, समर्थक र बाजागाजासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचनको कार्यालयमा पुगेका थिए ।
धादिङमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारओटा निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्