
काठमाडौं, असार १७ । दुई महिनाअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ ?
त्यसो हो भने पख्नुहोस है । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईंले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकि नै छन् ।
विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) युवायुवती कोरिया जान पाएका छैनन् ।
कोरिया रोजगारदाताको छनोटमा नपर्दा उनीहरुको कोरिया जाने सपना पूरा हुन नसकिरहेको हो ।
ठूलो रकम र समय खर्चेर राजधानीमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि निराश भएका छन् ।
भाषा परीक्षा लिनेदेखि लिएर कापी जाँच्ने र कामदार बोलाउनेसम्मका सबै काम कोरियन अधिकारी र रोजगरादाताले नै गर्छन् ।
भाषा परीक्षा उत्तीर्ण भएकाको नाम कोरियाको मानव संशाधन विभाग रोस्टरमा प्रकाशित गरेपछि मात्र त्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलन हो । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्