
क्याटलनका विदेश विभाग प्रवक्ता राउल रोमेभाले केन्द्रीय सरकार क्याटलनहरुको चाहना विपरित प्रस्तुत भएको बताएका छन् ।
स्पेनका प्रधानमन्त्री मरियानो राजोइले क्याटलोनियाको क्षेत्रिय सरकारलाई बर्खास्त गर्ने र त्यहाँको संसदको स्वतन्त्रतामा कटौति गर्ने योजना सुनाएका छन् । स्पेनको सीनेटले क्याटलोनियामा नयाँ चुनाव गर्ने सरकारको प्रस्तावलाई आगामी शुक्रवार स्वीकृति दिने अनुमान गरिएको छ ।
यसको प्रतिक्रिया स्वरुप क्याटन संसदको बिहिबार बैठक बस्दै छ । क्याटलोनियको स्वतन्त्रता पक्षधर नेताहरुले एकपक्षिय रुपमा स्वतन्त्रताको घोषणालाई औपचारिकता दिने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
क्यालोनियामा गत अक्टोवर १ मा सम्पन्न विवादास्पद जनमतसंग्रहमा ४३ प्रतिशतले मतदानमा भाग लिएकोमा ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । तर, स्पेनी सरकारले भने जनमत संग्रहलाई अस्वीकार गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्