
चुनावको अरु काम मूलतः निर्वाचन आयोगसँग सम्बन्धित भएपनि सुरक्षाको पूर्णप्रबन्ध भने सरकारले गर्दै आएको छ ।
सुरक्षाका लागि राज्यका चारओटै निकाय परिचालनका अलवा अपुग जनशक्तिका लागि म्यादी प्रहरीको भर्ना लिने काम पनि सुरु भइसकेको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका सुरक्षाका लागि सरकारले भटाभट म्यादी प्रहरीको भर्ना लिन थालेको हो ।
देशका विभिन्न भागमा जनशक्ति भर्नाका लागि छनोट प्रक्रिया सुरु भइसकेको छ ।
देशका अरु जिल्लामाझैं काठमाडौं, भक्तपुर र ललितपुरमा पनि म्यादी प्रहरी बन्न आउनेहरुको भीड नै छ ।
दुवै चरणको निर्वाचनका लागि देशभर गरी ९८ हजार म्यादी प्रहरी भर्ती गरिनेछ । यसका लागि काठमाडौंमा महिला र पुरुष गरी जम्मा २ हजार ७७० म्यादी प्रहरी भर्ना गरिनेछ । जसमा ७ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
यतिबेला आवेदकहरुको स्वास्थ्य र शारीरिक तन्दुरुस्ती परीक्षण भइरहेको छ । शारीरिक व्यायाम परीक्षण, लिखित हुँदै अन्तिममा अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरिने म्यादी प्रहरी भर्ना प्रक्रियाका संयोजक प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए ।
म्यादी प्रहरीका लागि भर्ना हुन आएकामा १८ देखि ५४ वर्ष उमेर समूहका छन् ।
प्रतिक्रिया दिनुहोस्