२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


मुसाका कारण दर्जनौं ट्रान्सफर्मर ध्वस्त


0
Shares

पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका हुन् । काठमाडौं उपत्यकाभित्र महिनामा एक–दुईवटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक मुसाकै कारण तिहारको लक्ष्मी पूजाका दिन भक्तपुर सब–स्टेशनका केही उपकरण जले र पुरै भक्तपुरमा बिजुली प्रवाह अवरुद्ध भयो । –नागरिक दैनिकबाट