१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


चिनियाँ राष्ट्रपति जिनपिङ माओपछि सर्वाधिक शक्तिशाली नेता


0
Shares

चिनियाँ कम्युनिस्ट पार्टीको जारी राष्ट्रिय सम्मेलनले राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी गरेका छन् ।

माओपछि पनि चिनियाँ नेताहरूले आफ्ना विचारलाई कम्युनिष्ट पार्टीको विधानमा राखेका थिए । तर माओपछि कसैको पनि विचारले ‘वाद’ रूप ग्रहण गरेको थिएन ।

‘सि जिनपिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बताइएको छ ।

प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ । हप्ता दिन अगाडि सुरु भएको पार्टीको शक्तिशाली सम्मेलनलाई तीन घन्टा लामो सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए । (एजेन्सी)