
दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।
प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद हतियारमा पेस्तोल र रिभल्वर छन् ।
फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्