Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


सरकार असफल : देउवा


0
Shares

विराटनगर, पुस २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै देउवाले दुईतिहाइको दम्भमा रहेको वर्तमान सरकारबाट कामको अपेक्षा गर्न नसकिने बताए ।

‘वाइडबडी’ विमान खरिद प्रकरणमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको भन्दै उनले विमान खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कारबाही गर्नुपर्ने बताए ।

यस्तै, कर्मचारी अभावमा प्रदेशका काम प्रभावित भएकाले उनीहरुलाई आतंकित होइन, प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

Skip This