हातहतियार बुझाउन आग्रह • Image Khabar Image Khabar


हातहतियार बुझाउन आग्रह


Imagekhabar
८ कार्तिक २०७४, बुधबार १९:४८

हातहतियार बुझाउन आग्रह

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

आफूसँग रहेका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने पनि प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

सार्वजनिक सूचना आह्वान गरेर हतियार बुझाउन आग्रह गरिएको जोशीले बताए ।

यस्तै, बैतडीमा रहेका कार्यालय प्रमुखहरुको बैठकले निर्वाचनको समयमा कुनैपनि कार्यालय प्रमुखहरुले बिदा बस्न नपाइने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत–साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने, सरकारी कार्यालयमा रहेका सवारी–साधनहरु दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी–साधन सन्चालन गर्नुपरेमा र जिल्लाबाहिर सरकारी सवारी–साधन लग्नुपर्ने अवस्थामा आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेसमेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्