२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते


0
Shares

मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)