
म्यादी प्रहरी बन्नका लागि गाउँगाउँबाटसमेत युवायुवती आएका छन् ।
५५ दिनका लागि भक्तपुरमा ७ सय ३६ जना म्यादी प्रहरी भर्ना गर्ने भनिए पनि ६ सय २७ जना महिला र १ हजार ५९ जना पुरुषसहित १ हजार ६ सय ८६ जनाले आवेदन दिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यसअघि स्थानीय तहको निर्वाचनका लागि म्यादीमा भर्ना भएका ३ सय ३१ जनाले यस पटकका लागि पनि आवेदन दिएका छन् ।
म्यादीमा भर्ना हुन पूर्वसुरक्षाकर्मीदेखि क्याम्पसमा अध्ययन गर्नेहरुसम्म आएका छन् । कतिपय स्नातक तह उत्तीर्ण गरिसकेकाहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् ।
प्रतिक्रिया दिनुहोस्