पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफविरुद्ध पक्राउ आदेश जारी • Image Khabar Image Khabar


पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफविरुद्ध पक्राउ आदेश जारी


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार १७:४४

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफविरुद्ध पक्राउ आदेश जारी

अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को वर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाब सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।

सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफपीलाई दिएको जानकारीअनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । 

गत जुलाईमा पाकिस्तानको ७० वर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औं प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उनीमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो ।

भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उनलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्