२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित


0
Shares

                                                                   फाइल तस्वीर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला छन् । तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् ।

थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए ।

त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । –नयाँ पत्रिका दैनिकबाट