पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित २८ सय गोप्य दस्तावेज सार्वजनिक हुने • Image Khabar Image Khabar


पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित २८ सय गोप्य दस्तावेज सार्वजनिक हुने


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १७:५०

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित २८ सय गोप्य दस्तावेज सार्वजनिक हुने

तत्कालीन राष्ट्रपति केनेडीको हत्यासँग सम्बन्धित गोप्य दस्तावेजहरु सार्वजनिक गर्न दिइएको समय शुक्रबार सकिएपछि राष्ट्रपति ट्रम्पले पुन केनेडीको हत्यासँग सम्बन्धित करिब २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका हुन् ।

उक्त आदेश आएपछि अमेरिकी गुप्तचर संस्था ‘एफबिआइ’ र ‘सीआइए’ले केहि गोप्य दस्तावेज सार्वजनिक गर्दा सुरक्षा चुनौती बढ्नसक्ने भन्दै निरीक्षण गर्नुपर्ने बताएको छ । त्यस्तै, ह्वाइट हाउस प्रशासनले राष्ट्रपति ट्रम्पको आदेशअनुसार राष्ट्रिय अभिलेखालयले सुरक्षित राखेको उक्त गोप्य दस्तावेजहरुको आवश्यक समीक्षा गरी १८० दिनभित्र सार्वजनिक गर्ने उल्लेख गरेका छ ।

‘न्यूयोर्क टाइम्स’का अनुसार यसअघि अमेरिकी कांग्रेसले सन् १९९२ मा केनेडी हत्यासँग सम्बन्धित सबै गोप्य दस्तावेजहरु सार्वजनिक गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार अमेरिकी प्रशासनले सन् २०१७ अक्टुबर २६सम्मको समय पाएको थियो । तर, अक्टुबर २६ गतेसम्म उक्त दस्ताजेवहरु सार्वजनिक नभएपछि राष्ट्रपति ट्रम्पले पुन १८० दिनभित्र २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका हुन् ।

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित २८ सय गोप्य दस्तावेज सार्वजनिक हुने

यता, अमेरिकी प्रशासनले केहि पूर्व राष्ट्रपति केनेडीको हत्यासँग सम्बन्धित गोप्य दस्तावेज लुकाउन लागेपछि सबै गोप्य दस्तावेज सार्वजनिक गरे एकलाख अमेरिकी डलर दिने घोषणासमेत गरेको छ ।

सन् १९६३ नोभेम्बर २२ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको गोलि हानि हत्या गरिएको थियो । यस हत्यालाई लिएर अमेरिकामा फरक–फरक धारणाहरु रहेका छन् । अहिलेसम्म आधिकारिक रुपमा हार्वी ओसवाल्ड नाम गरेको एक बन्दुकधारीले केनेडीको हत्या गरेको उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्