२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विश्वकप फुटबलको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुर्‍याइयो


0
Shares

फिफाले पुरस्कार राशी १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बढाइएको बिषयमा शुक्रबार सन्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।

ब्राजिलमा भएको विश्वकपमा ३ करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख डलर पाएको थियो । त्यसैगरी, उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २ करोड २५ लाख पाएको थियो ।

विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि ८० लाख डलर पाएका थिए ।

विश्वकप फुटबलको सन्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्यांकन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।

त्यसैगरी, परिषद्ले फिफाका आगामी वर्ष संयुक्त राज्य अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकपलगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।

सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भै जुलाई ७ मा सकिने छ । (रासस/एएफपी)