श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी • Image Khabar Image Khabar


श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी


Imagekhabar
११ कार्तिक २०७४, शनिबार ०७:००

श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुन बाँकी छ । यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्