
दिनहुँ कयौं सवारी साधन जिल्लामा भित्रन थालेपछि जोमसोममा पाकिङ अव्यवस्थित भएको हो ।
बेनी–जोमसोम सडक सहज बनेको र यातायातमा भएको सेन्डिकेट अन्त्य भएपछि पछिल्लो समय दिनहुँ सयौं सवारी साधन मुस्ताङ पुग्ने गरेका छन् ।
जोमसोम बजार र पुथाङ एयरपोर्ट वरपर सवारी साधन पार्किङ चुनौति बनेको छ ।
करिव ३ किलोमिटर दुरीमा फैलिएको मुस्ताङको जोमसोम सडक साँघुरो भएकाले यस्तो समस्या देखिएको मुक्तिनाथ दर्शन यायायात प्रालिका सदस्य अजित थकालीले बताए ।
घरपझोङ गाउँपालिका, जोमसोम गुम्बा र जनहित माध्यमिक बिद्यालय आसपास दर्जनौ सवारी साधन पार्किङ गरिँदा वातावरणीय तथा ध्वनी प्रदूषणसमेत बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्