२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बिर्तामोडमा कर्फ्यु खुकुलो, पीडितसहितको सर्वदलीय बैठक बोलाइयो


0
Shares

शुक्रबार दिउँसो साढे १ बजेबाट स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाए पनि आज बिहानबाट केही खुकुलो बनाएको हो ।

मुक्तिचोकको दुई सय मिटर क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने अन्यत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

मानिसलाई बाहिर हिँड्डुल गर्न तथा यातायात सञ्चालनमा रोक नलगाइएको हाम्रा संवाददाताले जनाएका छन् ।

यद्यपि बिर्तामोड क्षेत्रका बजार तथा पसल भने अझै खुलेका छैनन् ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पीडितसहितको सर्वदलीय बैठक बोलाइएको बताएका छन् ।

यसअघि शुक्रबार एक बालकको शंकास्पद मृत्युलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागी अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको हो । प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच शुक्रबार भएको झडपमा परी झण्डै दुई दर्जन घाइते भएका छन् ।