९ असार २०८२, सोमबार | Mon Jun 23 2025


दोलखामा १४ दल चुनावी प्रतिस्पर्धामा, साना दलको उम्मेदवारीले निर्वाचन रोचक


0
Shares

सामान्य अवस्थामा कुनै राजनीतिक अस्तित्वमा नरहेका पार्टी समेतले ३ वटै पदमा उम्मेदवारी दिएपछि माहोल रोमाञ्चक बन्ने देखिएको हो ।

दोलखामा नेपाली काँग्रेस र बामगठबन्धन सहित १४ दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभाका लागि एक क्षेत्र र २ वटा प्रदेश सभाको क्षेत्र रहेको दोलखामा विभिन्न दलका २६ जना र स्वतन्त्र १२ जना गरी जम्मा ३८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

ठूला दलहरुको भ्रष्टाचारी र तानाशाह प्रवृत्ति विरुद्ध उम्मेदवारी दिएको साना दलहरु बताउँछन ।

दोलखामा प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङ रहेका छन् भने कांग्रेसबाट रुद्रबहहादुर खड्काको उम्मेदवारी परेको छ ।

प्रदेश सभातर्पm क्षेत्र नम्बर ‘क’ बाट बाम गठबन्धनबाट माओबादी केन्द्रका बिशाल खड्काको उम्मेदवारी परेको छ भने कांग्रसबाट बर्मा लामा चुनावी मैदानमा छन् ।

यस्तै प्रदेश सभा ‘ख’ मा बाम गठबन्धनबाट एमालेका पशुपति चौलागाई र कांग्रेसबाट केशबराज चौलागाई उठाएको छ ।

दोलखामा १ लाख ४६ हजार ९ सय २३ जना मतदाता रहेका छन् ।