२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १५ पुग्यो, २० बढी बेपत्ता


0
Shares

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो ।

प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १५ जनाको शव निकालेका छन् । मृतकमध्ये पाँच महिला, दुई नाबालक र आठ पुरुष छन् ।

दुर्घटनालगत्तै १६ जना घाइतेको उद्दार गरिएको छ । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने एकीन हुन सकेको छैन । करिब ५० जना बसमा चढेको अनुमान गरिएको छ । बसमा रहेका २० जनाभन्दा बढी अझै बेपत्ता छन् ।

दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको उद्धार टोली परिचालित छ । नदी गहिरो भएको र बस खोंचमा झरेका कारण उद्धार कार्य कठिन भएको छ ।

प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो ।

हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रुहरुले बताएका छन् । उनीहरुका अनुसार छत र बसभित्र गरेर ५० जनाभन्दा बढी यात्रु सवार थिए ।