९ असार २०८२, सोमबार | Mon Jun 23 2025


यस्तो हुन्छ, प्रत्यक्षतर्फको मतपत्र


0
Shares

शुक्रबार बेलुकाबाट मतपत्र छाप्न सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते ३२ जिल्लाका ३७ ओटा निर्वाचन क्षेत्र र सोही दिन प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता भएको थियो ।

आयोगले यी सबै उम्मेदवारलाई कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गरेपछि सोही आधारमा शुक्रबारदेखि मतपत्र छाप्न थालिएको हो ।

मतपत्रमा उम्मेदवारलाई दिएको निर्वाचन चिह्नमात्र समावेश गरिएको आयोगले.जनाएको छ ।

कुनै दलहरुले गठबन्धन गरी उम्मेदवार उठाएको निर्वाचन क्षेत्रमा जुन दलको उम्मेदवार छ, सोही दलकोमात्र चुनाव चिह्न मतपत्रमा राखिनेछ ।

उम्मेदवार नउठाइ गठबन्धनलाई सघाएको दलको चुनाव चिह्न मतपत्रमा राखिने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि छुट्टा–छुट्टै मतपत्र छापिएको छ ।

मतपत्र एउटै पानामा भएपनि प्रतिनिधि र प्रदेशसभाको मतपत्रका लागि मतपत्र १ र मतपत्र २ भनिएको छ ।

सर्वोच्च अदालतले यसअघि छुट्टा–छुट्टै मतपत्र छाप्ने काम के भयो भनेर निर्वाचन आयोगसँग जानकारी मागेकामा आयोगले सर्वोच्च अदालतको पत्र प्राप्त नभएको जनाउँदै आफ्नो काम अघि बढाएको हो ।

सर्वोच्च अदालतले बुधबार आदेश जारी गरेको थियो । तर, बिहिबारदेखि शनिबार (आज)सम्म सरकारी बिदा भएकाले सर्वोच्चको पत्र अझै निर्वाचन आयोग पुगेको छैन ।