Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


जापानसम्बन्धी हल्लाको पछि नलाग्नोस् : वैदेशिक रोजगार विभाग


0
Shares

काठमाडौं, पुस १९ । वैदेशिक रोजगार विभागले जापान पठाउने हल्ला भइरहेकाले यसको पछि नलाग्न आग्रह गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै विभिन्न संस्थाबाट जापान पठाउनेसम्बन्धी सूचना प्रकाशन गर्दै भ्रम फैलाइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।

नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनैपनि निर्णय भइनसकेकोसमेत विभागले स्पस्ट पारेको छ ।

जापानमा कामदार पठाउने निर्णय पारदर्शीरुपमा हुने र त्यसबारे सबैले जानकारी पाउने भन्दै विभागले अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ ।