मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय • Image Khabar Image Khabar


मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय


Imagekhabar
११ कार्तिक २०७४, शनिबार १६:५४

मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय

शनिबार बिर्तामोडमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउन अविलम्ब गृह मन्त्रालयमा आग्रह गरी पठाउने निर्णय गरेको हो ।

काजक्रिया खर्चबापत पीडित परिवारलाई ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । यसका लागि अर्जुनधारा र बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति र बिर्तामोड उद्योग वाणिज्य संघले रकम उपलब्ध गराउने जनाइएको छ ।

सर्वपक्षीय बैठकले मृतक थापाकी श्रीमतीलाई तत्काल अर्जुनधारा नगरपालिकमा रोजगारीको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई निलम्बन गर्न सिफारिस गर्ने, प्रहरीको गोली लागेर घाइते भएकाको उपचार खर्च सरकारका तर्फबाट व्यहोर्ने निर्णय पनि गरिएको छ ।

झापा, अर्जुनधाराका–११ वर्षीय लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडमा गरेको प्रदर्शनकाक्रममा झडप हुँदा शुक्रबार अर्जुनधारा–११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो ।

झडपपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कर्फ्यु अझै जारी छ ।

मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय

प्रतिक्रिया दिनुहोस्