२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रिशूलीमा बस खस्दा ३१ जनाको मृत्यु, २४ जनाको सनाखत


0
Shares

मृतकमा ११ पुरुष, ९ महिला, ६ बालक र पाँचजना बालिका रहेको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

मृतकमध्ये २४ जनाको सनाखत भएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको बस शनिबार बिहान साढे ५ बजेतिर त्रिशूली नदीमा खसेको हो ।

राजविराजबाट यात्री बोकेर आएको ना६ख १४६६ नम्बरको बसको हेटौंडा आइपुग्दा पट्टा भाँचिएको थियो । त्यसपछि सो बसका यात्रीलाई पनि अर्को बसमा हालेर पठाइएको थियो ।

सनाखत हुनेमा सप्तरी जिल्ला तिलाठी–कोइलाडी–३ का ३५ वर्षीया सिमीकुमारी झा, ३८ वर्षीय सन्जितकुमार झा, तिलाठी–कोइलाडी–१ का ३३ वर्षीय मन्जितकुमार झा, देउरीमरुवा नगरपालिका–१५ का सहचालक १८ वर्षीय नरेश मुखिया, सप्तरीकै बोधेवरसाई नगरपालिका–२ का ६ वर्षीय आदित्य यादव, बोधेवरसाई–३ का १५ वर्षीया चन्दरेखा प्रमाणी, राजविराज नगरपालिका–१६ का ७४ वर्षीया चन्द्रवती झा छन् ।

यस्तै, सप्तरी, नेरेया गाउँपालिकाका २५ वर्षीया पार्वती चौधरी, सोही ठाउँका ३ वर्षीय सुशान चौधरी, नेरेया–३ कै २४ वर्षीय रमानन्द यादव, सिराहा नगरपालिका–८ गोलबजारका ५० वर्षीय रामकुमार यादव र भारत, मधुवनी जिल्ला विहारका २९ वर्षीया ममतादेवी ठाकुर रहेको प्रहरी उपरीक्षक राउतले बताए ।

यस्तै, सिरहाको नरहा गाउँपालिका–१ का ३० वर्षीय उदय मण्डल, सप्तरी बोधेवरसाई नगरपालिका–२ निवासी १३ वर्षीया समीक्षाकुमारी यादव, सप्तरी, महदेवा गाउँपालिका–९ निवासी प्रमोद ईशार, सप्तरी, कृष्णसोबरन गाउँपालिका–४ का ५ वर्षीया समीक्षा यादव, सिराहाको लाहान नगरपालिका–१ का ३७ वर्षीया प्रभा चौधरी, सप्तरी, राजविराज नगरपालिका–१३ का विकास निर्माण कार्यदल गण २ प्रा.सु ३० वर्षीय ऋषिखा नन्द छन् ।

यसैगरी, सप्तरी, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झा, सप्तरी, शम्भुनाथ नगरपालिका–२ का ५ वर्षीय संगीत चौधरी, सप्तरी, बोधेवरसाई नगरपालिका–२ का २५ वर्षीया आशिकाकुमारी यादव, सप्तरी, बोधेवरसाई नगरपालिका–२ का ११ महिने बालिका मानवी यादव, सप्तरी, बसेज नगरपालिका–७ का ३० वर्षीय सुरेन्द्र चौधरी, सप्तरी, कृष्णसहवगोया गाउँपालिका–४ का २८ वर्षीया सुधीरा यादव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

भिडियो हेर्नुहोस्