
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार अपर्ण कार्कीको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक छिरिङ लोप्साङ रहेको टोलीले आगामी मंगलबारदेखि कीर्गिस्तानमा सुरु हुने खेलका लागि नेपाली टोलीको घोषणा गरेको हो ।
गत असोजमा भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिप जितेका अधिकांश खेलाडीहरु नै टिममा अटेका हुन् ।
घोषित खेलाडीहरुमा प्रेजन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुषाल, राजन गुरुङ, सुमन अर्याल, निरन्जन महर्जन, रोमन लिम्बू, अशोक थापा र दिनेश हेन्जन रहेका छन् ।
यसैगरी, अभिषेक रिजाल, अनिल महर्जन, सेसह्याङ आङदम्बे, आकाश श्रेष्ठ, एरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरजजंग ठकुरी, राजेश परियार, मनीष थापा र सोजित गुरुङ रहेका छन् ।
नेपाल र आयोजक कीर्गिस्तान रहेको समूह ‘ए’मा बहराइन, युएई र ओमान रहेका छन् ।
नेपालको पहिलो भिडन्त मंगलबार कीर्गिस्तानसँगै हुनेछ ।
१० समूहका विजेता र समग्रमा उत्कृष्ट ५ उपविजेता तथा आयोजक राष्ट्रको सहभागितामा यू–१९ च्याम्पियनसिपको अन्तिम चरण अर्को वर्ष आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्