२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हरायो


0
Shares

शनिबार भएको लिगको दशौं चरणको खेलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै म्यानयुले स्पस्ट तीन अंकको अग्रता बनाउँदै दोस्रो स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको म्यानयुलाई जिताउन खेलको ८१औं मिनेटमा एन्थोनी मार्सियलले निर्णायक गोल गरे ।

लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमै रहँदा २३ अंकको म्यानयु दोस्रो तथा २० अंकको टोटनह्याम तेस्रो स्थानमा छ ।